डा. केसीको ‘शून्यको मूल्य’ लाई उत्तम शान्ति पुरस्कार

सुर्खेत– डा.नवराज केसीको कृति ‘शून्यको मूल्य’ ले २०७९ सालको उत्तम शान्ति पुरस्कार पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको कृति ‘शून्यको मूल्य’लाई पुरस्कार दिने घोषणा गरेको हो ।


गुठीका सभापति डा पार्थिवेश्वर तिमिल्सिनाद्वारा विज्ञप्तीमा भनिएको छ,– पुस्तकमार्फत अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःखपीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत साहित्यकार डा. केसीलाई पुरस्कार दिने निर्णय गरेको छ । ताम्रपत्रसहित पुरस्कारको राशी एक लाख रुपैयाँ छ ।

साहित्यिक पत्रकार उत्तम कुँवरको सम्झनामा उहाँकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गर्नुभएको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिनेछ । २०७९ सालमा प्रकाशित ‘शून्यको मूल्य’ लाई डा. केसीको सिर्जनात्मक गैरआख्यान पुस्तक हो । सुर्खेत निवासी डा केसी पेशाले बालरोग विशेषज्ञ हुनुहुन्छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,