कर्णाली खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त

सुर्खेत- आज बिहान बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द्रलाई नियुक्त गरेको छ । उनी वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत निवासी हुन् ।

परिषद् उपाध्यक्षमा प्रमोद हमाल (वीरेन्द्रनगर नपा ५ सुर्खेत) लाई नियुक्त गरेको छ । त्यस्तै सदस्यहरुमा पंखबहादुर मल्ल (खाँडाचक्र नपा ७ कालीकोट), भीमकुमारी भुसाल (वीरेन्द्रनगर ३ सुर्खेत), गोर्खबहादुर शाही (चंखेली गापा ४ हुम्ला), पवनकुमार थापा (दुल्लु नपा ८ दैलेख) र किरणकिशोर सापकोटा (वीरेन्द्रनगर नपा ४ सुर्खेत) लाई मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,