यु-१६ राष्ट्रिय क्रिकेटमा च्याम्पियन बन्यो मधेश प्रदेश

सुर्खेत- वीरेन्द्रनगरमा भएको १६ वर्षमुनीको प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको छ । कालुंगचोक मैदानमा शनिबार भएको फाइनलमा बाग्मतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि हातपार्न सफल भएको हो ।


नेपाल क्रिकेट संघ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा कर्णालीमा पहिलो पटक क्रिकेटको राष्ट्रिय प्रतियोगिता भएको हो । जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा सात वटा प्रदेशका टिमको सहभागिता थियो । विजयीलाई कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरे ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,