यु-१६ राष्ट्रिय क्रिकेटमा च्याम्पियन बन्यो मधेश प्रदेश

सुर्खेत- वीरेन्द्रनगरमा भएको १६ वर्षमुनीको प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको छ । कालुंगचोक मैदानमा शनिबार भएको फाइनलमा बाग्मतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि हातपार्न सफल भएको हो ।


नेपाल क्रिकेट संघ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा कर्णालीमा पहिलो पटक क्रिकेटको राष्ट्रिय प्रतियोगिता भएको हो । जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा सात वटा प्रदेशका टिमको सहभागिता थियो । विजयीलाई कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरे ।