सुर्खेत–कलाकार तिलकसिं पेलाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित बालबालिकालाई २० हजार रुपैयाँ सहयोग गरेका छन् । भूकम्प प्रभावित बालबालिकाका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य प्रर्वद्धनको सहयोगार्थ उनले आर्थिक सहयोग प्रदान गरेका हुन् ।
सामाजिक न्यायको क्षेत्रमा वकालत गर्ने उद्देश्यले स्थापना गरिएको ज्योति फाउण्डेसनले शुक्रबार वीरेन्द्रनगरमा सांगितिक साँझमा अतिथि कलाकारका रुपमा पेला निम्त्याइएका थिए । सांगीतिक कार्यक्रमबाट पाउने पारिश्रमिक रकम पेलाले फाउन्डेशनलाई नै हस्तान्तरण गरेका हुन् ।
सांगितिक साँझमा करिब २ हजार दर्शकको सहभागिता थियो । उक्त कार्यक्रममा चर्चित कलाकार पेलाका अतिरिक्त राज सिग्देल, शिशिर योगीका साथै बागिना समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रस्तुति रहेको थियो । शनिबार कलाकारहरुलाई फाउन्डेसनले बिदाई गर्दै प्रशंसा पत्र र सम्मान प्रदान गरेको थियो । फाउन्डेशनकी अध्यक्ष ज्योति कुटवालले संकलन भएको आर्थिक सहयोग बैंकमा दाखिला गरि केही दिनमै सार्वजनिक गरिने जानकारी दिइन् ।


कर्णाली समय । १९ मंसिर २०८०, मंगलवार १९:०९