सुर्खेतमा सात करोड लगानीमा नयाँ होटल खुल्यो, सबै परिकार अर्गानिक

सुर्खेत– सुर्खेतका व्यवसायी चिन्तामणि शर्माले अशोका अर्गानिक होटल सञ्चालनमा ल्याएका छन् । उनले मंगलबारदेखि वीरेन्द्रनगर १० शान्तिनगरमा अर्गानिक खाना परिकार विशेषतासहितको होटल एण्ड लज सञ्चालनमा ल्याएका हुन् ।

व्यवसायी शर्माले विगत एक दशकदेखि अशोका ब्राण्डमा होटल व्यवसाय गर्दै आएका छन् । अशोका अर्गानिक होटलको उद्घाटन कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले गरे । उद्घाटन कार्यक्रममा एमाले नेता यामलाल कँडेल, गेहेन्द्र दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापा, कृषि प्रसार अधिकृत धनबहादुर कठायत, कृषि विज्ञ राजु भुजु, पत्रकारहरु लगायतको उपस्थिति थियो ।

व्यवसायी शर्माले होटल मेनुमा कर्णालीका रैथाने अन्नका परिकारहरु खान पाइने बताए । उनका अनुसार करिब ७ करोड लागतमा आफ्नै जग्गामा २० कोठासहितको सुविधाजनक होटल सञ्चालनमा ल्याइएको हो । कर्णाली सरकारले अर्गानिक प्रदेशको घोषणा गरेको, सरकारले अर्गानिक खाद्य वस्तुलाई प्रर्वद्धन गरेकाले आफूले अर्गानिक परिकारलाई प्राथमिकतामा राखेको उनको भनाई छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,