घनश्यामको छलाङ

सुर्खेत– २०५६ सालमा विजया मावि दुल्लूबाट एसएलसी उत्र्तीण भएपछि घनश्याम भण्डारी उच्च शिक्षा पढ्न काठमाडौं हानिए । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा भूगोल, संगीत र पत्रकारिता विषय रोजे । आईए पास भए ।

स्नातक तहमा पढाइ शुरु गरिरहेका बेला उनले ठूलो ब्रजपात बेर्होनुप¥यो । बुवा पूर्णबहादुर भण्डारीलाई तत्कालिन सशस्त्र विद्रोही माओवादीले अपहरण गरी वडलम्जीको बालेश्वरमा लिएर हत्या गरे । २०५९ असोज १२ को घटना हो यो । पूर्णबहादुर नेपाली कांग्रेस दैलेख क्षेत्र नं २ का सभापतिका साथै दुल्लू गाविसका अध्यक्ष थिए । क्याम्पस पढ्न काठमाडौं हानिएका घनश्याम बुवाको हत्यापछि घर परिवार सम्हाल्नुपर्ने अवस्थामा पुगे । उनकै काँधमा तीन भाईबहिनी हुर्काउनुपर्ने, पढाउनुपर्ने परिस्थिति सिर्जना भयो ।

पूर्णबहादुर राजनीतिसंगै व्यवसाय गर्थे । दुल्लू भेग (माझखण्ड) मा इमान्दार छविका नेता, समाजसेवी र व्यवसायीको नाम लिनुपर्दा सबैको जिब्रोमा यही नाम झुण्डिन्थ्यो । बुवाको हत्यापछि घनश्यामको पढाइ रोकियो ।

दुल्लू बजारमा पसल थियो । पसलको नाम पूर्ण तथा कृष्ण वस्त्रालय । वस्त्रालय भनेपनि उनको पसलमा खाद्यान्न, लत्ताकपडादेखि भाँडाकुँडाका सबै सामान पाइन्थ्यो । केही समय पसल हेरे । माओवादी गतिविधि बढेपछि पसलमा भएका सामान पनि सस्तोमै बेचेर काठमाडौं लागे । काठमाडौंमा नागरिक आवाज अभियान चलेको थियो । जसले शान्तिको वकालत गथ्र्यो । घनश्याम पनि यस अभियानमा जोडिए । अभियानमा खटिएबापत उनलाई पकेट खर्चसम्म जुट्थ्यो । खर्च अभावले पढाइ रोकिएपछि पत्रकारितामा आर्कषित भए । ‘चुली मालिका’ साप्ताहिक प्रकाशन गरे । दुल्लू माझखण्डमा एकातिर माओवादी ज्यादतीले उग्र रुप लिँदै थियो अर्कोतिर माओवादी ज्यादतीविरुद्ध स्थानीयबासी संगठित हुँदै थिए । ठाउँ–ठाउँमा दैनिकजसो स्थानीयबासी र माओवादीबीच झडप हुन थाल्यो । स्थानीयले महिला र बालबालिकालाई प्रतिकारको पहिलो लहरमा उतारे । २०६१ कात्तिक–मंसिरमा भएको दुल्लू विद्रोहले राष्ट्रिय÷अन्र्तराष्ट्रिय चर्चा बटुल्यो । दुल्लूबाट सुरु भएको यो अभियान माझखण्डका १३ गाविसका बासिन्दा सहभागी बने । कात्तिक २८ देखि दिनदिनै जुलुस निकालियो । त्यतिबेला अधिकांश महिला, बालबालिकाका हातमा भाला र लौरी देखिन्थे । दुल्लू विद्रोहका कारण माओवादी अन्ततः जनतासंग झुक्यो । जनतामाथि दमन गर्ने नेतृत्वलाई पार्टीले कारबाही ग¥यो । माओवादीले जनताको मन जित्ने नीति अख्तियार ग¥यो । दुल्लू क्रमशः शान्त बन्दै गयो ।

अनि फर्किए दुल्लू
दुल्लू विद्रोहपछि घनश्याम पनि घर फर्किए । सामाजिक सेवा केन्द्र (सोसेक) मा तीन महिना जागिर गरे । असल शासन क्लबसंग जोडिए । क्लबको जिल्ला समन्वय समितिको सचिव भए । असल शासन परियोजनामा झण्डै चार वर्ष फिल्ड कार्यक्रम संयोजक रुपमा काम गरे । अशल शासन क्लबसंग जोडिएपछि उनी सदरमुकाम दैलेखबजारमा नियमित बस्न थाले । पत्रकारिता र सुशासनको क्षेत्रमा आफूलाई बढी क्रियाशिल गराए । नेपाल प्रेस युनियन दैलेखको संस्थापक सभापतिका साथै पत्रकार महासंघको जिल्ला सचिव भए । जिल्लाकै पहिलो पत्रिका ‘धमाका साप्ताहिक’को संस्थापक टिममा रहेर काम पनि गरे । त्यसको केही समयपछि उनले आफ्नै प्रकाशनमा ‘द्रोणाचल साप्ताहिक’ शुरुवात गरे । द्रोणाचल ४–५ वर्ष जति निरन्तर प्रकाशित भयो । पछिल्ला वर्ष यो पत्रिका बन्द छ । द्रोणाचल प्रकाशनसंगै मिरेष्ट नेपालको जिल्ला प्रतिनिधिका रुपमा काम गरे । त्यसपछि ‘मध्यपहाड’ मासिक म्यागजिन र दुल्लू एफएम पनि सञ्चालन गरे । द्रोणाचल शिक्षा क्याम्पसको सञ्चालक समिति सदस्य बने ।

घनश्यामले पत्रकारिता, सुशासनको अभियानमार्फत दैलेखी जनताको सेवामा लामो समय व्यतित गरे । जनताका समस्या, गुनासो समाधानको पहल गर्नेदेखि गाउँबाट सदरमुकाममा खान बास नपाउनेको सहारा बन्न पुगे, घनश्याम । सदरमुकाममा ‘शान्ति भान्सा’ चलाए । अहिलेजस्तो होटल थिएनन्, मानिससंग पैसा पनि हुन्थेन । पश्चिमको पीपलकोट पूर्वको जगनाथ– कट्टी, उत्तरको काशीकाँधदेखि दक्षिणको लालीकाँडासम्मका सर्वसाधारण उनकै भान्सामा निःशुल्क खान पाउँथे । ‘शान्ति भान्सा’मा भात, दाल, सिन्की मात्र पाक्थ्यो । मासु, तरकारी खान मन लागे पाहुनाले आफै ल्याउनुपथ्र्यो । त्यसको खर्च संकलन घनश्यामले नै म्यानेज गर्थे ।

खुला राजनीतिमा प्रवेश

२०६७ मा भएको कांग्रेसको १२ औं र २०७२ मा भएको १३ औं अधिवेशनमा घनश्याम प्रतिष्पर्धाबाट क्षेत्रीय सभापति चुनिए । १२ औं अधिवेशनमा जग्गेबहादुर शाही, भुपेन्द्रजंग महत, सुरतजंग शाहीसंग उनको प्रतिष्पर्धा भयो । उनीहरु तीनै जना कांगे्रसका जिल्लाका प्रभावशाली नेताको नजिकका उम्मेदवार थिए । तर घनश्याम निकट प्रतिष्पर्धीभन्दा तीन गुना बढी मत ल्याएर विजयी बने । १३ औं अधिवेशनमा पुनः उनी क्षेत्रीय सभापतिमा उम्मेदवार बन्न पुगे । मातृकाप्रसाद रिजाल र नवराज शाहीलाई उछिन्दै दोस्रोपटक सभापति चुनिए । दुई कार्यकाल क्षेत्रीय सभापतिका रुपमा पदेन जिल्ला कार्य समिति सदस्य र महाधिवेशन प्रतिनिधि भएपछि घनश्यामको झन् पार्टीमा पकड बढ्न थाल्यो । युवालाई कांग्रेसको राजनीतिमा प्रोत्साहित गर्दै उनले थुप्रै गाउँ कार्य समितिमा आफ्ना समकक्षीलाई उम्मेदवार बनाए र जिताएपनि । यसले गर्दा उनलाई कांग्रेस दैलेखको राजनीतिमा शक्तिशाली बन्न मद्दत पु¥यायो ।

१४ औं महाधिवेशनमा संस्थापन खेमाको तर्फबार्ट उनी जिल्ला कार्य समितिको सभापति पदमा उम्मेदवार बने । १९ मतान्तरले मणिराम रेग्मीसंग पराजित हुन पुगे । सभापतिमा पराजित भएपनि दैलेखमा संस्थापन (शेरबहादुर देउवा) खेमाको भरपर्दो नेताका रुपमा घनश्याम स्थापित भएका छन् । चतुर, मिलनसार र प्रष्ट स्वभावका उनी सरल जीवनशैलीमै रहन रुचाउँछन् । विपक्षीहरुसंग पनि सहज प्रस्तुत हुने क्षमता राख्छन् ।
मेयरबाट माननीय

२०७४ को पहिलो स्थानीय तह निर्वाचनमा दुल्लू नगरपालिकाको प्रमुख पदका लागि घनश्याम पार्टी कमिटीबाट सर्वसम्मत सिफारिस भएका थिए । एमालेको गढ मानिएको दुल्लू नगरपालिकामा उनी विजयी बने । जबकी २३ सदस्यीय कार्यपालिकामा एमालेका १८ र कांग्रेसका पाँच जनामात्रै सदस्य थिए । घनश्यामले एमालेका प्रतिनिधिलाई विश्वासमै लिएर कार्यकाल सफलतापूर्वक बिताए । नगर प्रमुख हुँदा कोभिडका कारण सोचेजस्तो काम गर्न नसकेपनि केही महत्वपूर्ण कामको शुरुवात भएको उनी दाबी गर्छन् ।

२०७९ को आम निर्वाचनमा उनको नाम प्रदेशसभा सदस्यमा सिफारिस भयो । गठबन्धनमा कुन पार्टीले लैजान्छ टुंगो थिएन । तैपनि टिकट पाए जितिने आत्मविश्वास थियो । गठबन्धनका साझा उम्मेदवार बन्नु उनको जीतको प्रमुख आधार बनेको थियो । प्रमुख प्रतिष्पर्धी एमालेका तिलक रिजाललाई एक हजार ३०५ मतान्तरले पराजित गर्दै ३९ वर्षको उमेरमा प्रदेश सांसदको यात्रा तय गरे । त्यो पनि बुवा पूर्णबहादुर भण्डारीका सदावहार प्रतिष्पर्धीलाई हराएर । पूर्णबहादुर र तिलकबीचको हारजित बराबर भएपनि छोरा घनश्यामले पहिलो प्रयासमै जीत निकाल्न सफल भए ।

घनश्याम अहिले कर्णाली प्रदेशसभाका चार विषयगत समितिमध्ये सामाजिक विकास समितिको सभापति छन् । गत आइतबार भएको निर्वाचनमा सर्वसम्मत सभापति चयन भएसंगै अब उनी अहिले समितिको कार्ययोजना बनाउन व्यस्त छन् । “कर्णालीमा शिक्षा, स्वास्थ्य र रोजगारी समस्या हो भने कृषि, पशुपालन र सहकारी अवसर हो,” घनश्याम भन्छन्, “यी ६ वटै क्षेत्रको कार्यक्षेत्र हाम्रै समितिमा पर्दछ । यिनै चुनौतिलाई अवसरमा बदलेर समस्या समाधान गर्नुपर्छ जस्तो लाग्दछ ।”



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,