लक्ष्मणदेव गिरीको पुस्तक ‘सुर्खेतका केही चर्चित व्यक्ति र विविध वृत्तान्त’ बजारमा

सुर्खेत– वीरेन्द्रनगर ४ कालागाउँ निवासी साहित्यकार लक्ष्मणदेव गिरीको नयाँ पुस्तक सार्वजनिक भएको छ । गिरीद्वारा लिखित ‘सुर्खेतका केही चर्चित व्यक्ति र विविध वृत्तान्त’ नामक पुस्तक शनिबार जनहितकारी बहुउद्देश्यीय सहकारीको सभाहलमा सार्वजनिक भएको हो । पुस्तकको लोकार्पण वरिष्ठ साहित्यकार महेन्द्रप्रसाद गिरीले गर्नुभयो ।


पुस्तकमा सुर्खेतको राजनैतिक, शैक्षिक, प्रशासनिक र साहित्यिक क्षेत्रमा ख्याति कमाएका व्यक्तिहरुको जीवनी प्रस्तुत गरिएको छ । चार खण्डमा विभाजित उक्त पुस्तकमा सुर्खेतको चिनारी, विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्ति तथा व्यक्तित्व, सुर्खेतका शैक्षिक र अन्य संस्था तथा सुर्खेत जिल्लासम्बन्धी विविध जानकारीहरु समावेश गरिएको छ ।


विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार महेन्द्रप्रसाद गिरीले पुस्तकबाट सुर्खेत जिल्लाको समग्र इतिहास नियाल्न सकिने बताउनुभयो । पुस्तकमा केही कमजोरी रहेको उल्लेख गर्दै आगामी दिनहरुमा थप परिस्कृत भएर पुस्तकले निरन्तरता पाउनेमा आशावादी रहेको उहाँको भनाई छ । पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा दिपक गौतमले नयाँ पुस्ताका लागि पुस्तक मार्गदर्शक बन्ने बताउनुभयो । ‘सुर्खेतको इतिहासको एउटा अभिलेख हो पुस्तक, उहाँले भन्नुभयो, ‘सुर्खेती साहित्यमात्र नभई कर्णालीको साहित्यमा यसले ठूलो योगदान पु¥याएको छ ।’

कार्यक्रममा वरिष्ठ गायक भीमबहादुर कार्कीले २०२९ सालमा मुलुकमै पहिलो भएको आफ्नो गित वाचन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न श्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । पुस्तक विमोचन कार्यक्रममा लेखककी आमा रत्ना गिरी, भानुभक्त भारती, बलभद्र भारती, हरिहरनाथ योगी, वडाध्यक्ष शेरबहादुर केसी, पे्रमदेव गिरी लगायतको उपस्थिति रहेको थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,