एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत–नेकपा (एमाले) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले माओवादी केन्द्रका नेता मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।


बैठक लगतै दलले प्रदेश प्रमुख समक्ष समर्थन फिर्ता लिएको पत्र पठाइसकेको छ । दलका नेता यामलाल कँडेलले सोमबारदेखि लागू हुने गरी समर्थन फिर्ता लिएको बताउनुभयो । यसअघि राप्रपाले समर्थन फिर्ता लिएपछि चैत १८ गते मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुभएको थियो । एमालेको बर्हिगमनपछि अब कर्णालीमा कांग्रेस सरकारमा सहभागी हुनेछ ।
प्रदेश सरकारमा एमालेको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई तथा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल सहभागी हुनुहुन्थ्यो । एमालेका मन्त्रीले आइतबार मुख्यमन्त्रीसमक्ष सामूहिक राजिनामा दिएका थिए । माओवादी केन्द्रका नेता शर्मा पुस २७ गते एमाले, राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिनुपर्नेछ । संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,