१७ वर्षपछि माथिल्लो कर्णालीमा लगानी जुट्यो

सुर्खेत- माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरू जीएमआर इनर्जी, एसजेभीएन र इरेडाले परियोजना निर्माणका लागि ऋण लगानी जुटाएका छन् ।

जीएमआरले यो आयोजना निर्माणको जिम्मा पाएको १७ वर्षपछि र लगानी बोर्डसँग परियोजना विकास सम्झौता (पीडीए) गरेको ११ वर्षपछि आयोजनाका लागि ऋण लगानी जुटाएको हो । यो आयोजना निर्माणको जिम्मा पाएको जीएमआर वित्तीय संकटमा परेपछि लगानी जुटाउने (फाइनान्सियल क्लोजर) को म्याद थप गर्दै आएको थियो । गत वर्ष सर्वोच्च अदालतले अब लगानी जुटाउने म्याद थप्न नमिल्ने फैसला गरेपछि भने कम्पनी दबाबमा परेको थियो ।यसबीच जीएमआर एक्लैले परियोजना निर्माण गर्न नसक्ने भएपछि अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सरकारी कम्पनी एसजेभीएन लिमिटेड र भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी (इरेडा) लाई समेत साझेदारका रूपमा भित्र्याएको थियो । तर, यस विषयमा जीएमआरले यसअघि लगानी बोर्डलाई औपचारिक जानकारी गराएको थिएन ।

बुधबार लगानी व्यवस्थापन भएका सम्झौतापत्रसँगै कम्पनीले संयुक्त लगानीबारे पनि जानकारी गराएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले जानकारी दिए । ९ सय मेगावाटको आयोजना यसअघि जीएमआरले एक्लै बनाउने जनाएको थियो । तर, लगानी जुटाउन नसकेपछि आफूले ३४ प्रतिशत सेयर राखेर एसजेभीएनलाई ३४ प्रतिशत र इरेडालाई ५ प्रतिशत सेयर दिएको छ ।

तीन कम्पनीको संयुक्त लगानीमा बन्ने परियोजनामा ऋण लगानी पनि इरेडाले नै गर्ने भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा नेपाली बैंकहरूले पनि सहवित्तीयकरणमा ४० अर्बभन्दा बढी लगानी गर्ने भएका छन् । ‘कम्पनीले एक–डेढ सय पेजको दस्तावेज बुझाएको छ । त्यसको मूल्यांकन गरेर यस विषयमा बोर्डलाई जाानकारी गराउँछौं,’ प्रवक्ता उपाध्यायले भने ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,