सुर्खेत- संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरेपनि सरकारले कार्यान्वयन नगरेको भन्दै युवाहरूले शनिबार काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् ।
३८ दिनदेखि शरीरमा नेल लगाएर काठमाडौंको माइतीघरमा दिनभर धर्ना दिँदै आएका दलित अभियन्ता खगेन्द्र सुनारको समर्थनमा उत्रिएका युवाहरूले अर्धनग्न भई विरोध प्रदर्शन गरेका हुन् । माइतीघरबाट अर्धनग्न ¥याली निकालेका उनीहरूले बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।
दलितका लागि दलित अभियानका संयोजकसमेत रहेका सुनारले मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानून, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै साउन २३ गतेदेखि शरीरमा नेल पहिरिएर प्रदर्शन गर्दै आएका छन् ।


कर्णाली समय । २९ भाद्र २०८१, शनिबार २०:१४