जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ भन्छन्, ‘सरकारको असक्षमताले युवाहरु विदेसिन बाध्य भए’

सुर्खेत–  नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटीका अध्यक्ष विनोद श्रेष्ठले नेपालको जनसंख्यामध्ये सबैभन्दा धेरै मजदुर हँुदा पनि हरेक हिसाबमा मजदुर नै पीडित बन्नुपरेको बताएका छन् । जिफन्ट कर्णाली प्रदेशको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्रथम प्रदेश श्रमिक युवा तथा महिला भेलालाई सम्बोधन गर्दै उनले सरकारको कामले गर्दा झन् धेरै युवाहरु विदेसिन बाध्य भएको बताए ।


कर्णाली प्रदेशमा रहेका महिला तथा युवा श्रमिकहरुले गरिबी, मूल्यवृद्धि र चरम श्रमशोषणका विरुद्ध टे«ड युनियन गतिविधिबाट समाजवाद प्राप्तिको आन्दोलनका रुपमा विकास गर्नुपर्ने उनको भनाई थियो । कर्णाली प्रदेशका श्रमिकहरुको समस्या समाधान गर्न निर्देशन दिँदै अध्यक्ष श्रेष्ठले जहाँ नेपाली श्रमिक हुन्छ त्यहाँ जिफन्ट हुनुपर्नेमा जोड दिए । साथै उनले डिजिटल प्रक्रिया मार्फत नेतृत्व विकासका प्रशिक्षण आयोजना गरिने योजना सुनाए ।

जिफन्ट उपाध्यक्ष एवं महिला कमिटी अध्यक्ष सीता लामाले शिथिल समाजलाई ब्यूँझाउने साहस श्रमिक महिलामा भएकोले नेपाली श्रम बजारमा असल श्रम सम्बन्धको अभ्यासलाई जिफन्टले प्रणालीमा लैजान संघर्ष गरिरहेको बताइन् । जिफन्ट महिला नेतृ शान्ता खड्काले सबै श्रमिक महिला एकताबद्ध हुनुपर्ने विचार व्यक्त गरिन् । जिफन्ट युवा कमिटी अध्यक्ष विकी श्रेष्ठले श्रमिक र नेपाली नागरिकहरु सचेत नहुँदा सरकारमा रहनेहरु भ्रष्टाचार र अपराधिक गतिविधिमा संलग्न भएको दाबी गरिन् ।

जिफन्ट कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत मन्तव्य निमबहादुर बुढा र सञ्चालन श्रीपाल सारु मगरले गरेका थिए । भेलामा जिफन्ट केन्द्रीय सदस्य चन्द्रा धामी, प्रदेश इञ्चार्ज नवराज सिंह, फिउन केन्द्रीय सदस्य पूर्ण केसी, नाटु केन्द्रीय उपमहासचिव रत्नलाल न्यौपाने, केन्द्रीय सदस्य चुडामणी विक, क्यूपेक नेपालका केन्द्रीय सदस्य भिमप्रसाद न्यौपाने, नाबुनकी केन्द्रीय सदस्य दुर्गा पिएसको समेत उपस्थिति थियो ।

श्रमिक युवा तथा महिला कमिटी गठन

भेलाले राजेन्द्र शर्माको अध्यक्षतामा ९ सदस्यीय युवा कमिटी र धर्मा सुवेदीको अध्यक्षतामा ९ सदस्यीय महिला कमिटी निर्विरोध चयन गरेको छ । युवा कमिटीको उपाध्यक्ष यशोदा रोकाय, सचिव सविता धामी, सहसचिव तुलबहादुर शाही, सदस्यहरु मीना गौतम, डिलबहादुर खड्का, मिलन ढेंगा मगर, टीका सारु राना र किशोर पाण्डे चयन भएका छन् । त्यस्तै, महिला कमिटी उपाध्यक्ष राममाया भण्डारी, सचिव नन्दा राना, सदस्यहरु लक्ष्मी खड्का महत, अञ्जली थापा, वविता खड्का, सुनिता न्यौपाने, निर्मला दर्लामी मगर र सुन्तली कामी चयन भएका छन् ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,